कावासोती। महामारीमा जोखिम मोलेर काम गरिरहको पत्रकारका लागि कोरोना बिमा सम्झौता गरिएको छ । नवलपुरको कावासोतीमा रहेको नमुना सन्देश साप्ताहिकमा आवद्ध पत्रकारहरुको कोरोना बिमा गरिएको हो । पत्रिकाले पत्रिकामा आवद्ध भएका पत्रकारहरुको कोरोना बिमा गरेको हो । बिमा कम्पनी संग पत्रिकामा आवद्ध ५ जना पत्रकारको कोरोना बिमाका लागि सम्झौता गरिएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनी अरुणखोला शाखासंग कोरोना बिमा सम्झौता गरिएको हो ।
भारतिय सिमा क्षेत्र संग जोडिएका कारण नवलपुर समेत कोरोनाको उच्च जोखीममा रहेको छ । पत्रकारहरु जोखिम मोलेर काम गरिरहेका छन् । जोखिमपूर्ण तरिकाले काम गरिरहेका पत्रकारको सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको पत्रिकाको प्रकाशक भविश्वर पाण्डेले बताए ।
कोही संक्रमित भएर अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आईपर्ने आर्थिक समस्यामा बिमा कम्पनीबाट उपलब्ध हुने रकमले थोरै भए पनि राहत हुने उद्देश्यले बिमा गरिएको उनले बताए । सम्झौता अनुसार फिल्डमा खटिएर काम गर्ने क्रममा कुनै पत्रकारलाई संक्रमण भएमा बिमा कम्पनीले एक लाख रुपैया सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१