काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नवलपरासी जिल्लामा फलाम उत्पादन कार्य शुरु गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जानकारी गराउनुभयो । उहाँका अनुसार निजी क्षेत्रको संलग्नतामा बन्द रहेका सरकारी स्वामित्वका उद्योग तथा संस्थानलाई उपयुक्त विधि तथा व्यवस्थापन बनाएर आगामी वर्ष सञ्चालनमा ल्याउने सरकारको नीति छ ।
त्यस्तै, सरकारले दुई छिमेकी मुलुकलाई औद्योगिक क्षेत्रमा समेत साथ लिने उद्देश्यले अन्तर देशिय आर्थिक क्षेत्र स्थापना गर्ने भएको छ । राष्ट्रपति भण्डारीका अनुसार सम्भाब्यताका आधारमा यस्तो आर्थिक क्षेत्र स्थापना हुने भएको हो । बन्द तथा रुग्ण उद्योगलाई अधिकतम क्षमतामा पुर्ण सञ्चालनको योजना समेत सरकारले बनाएको हो । खाद्य, वनजन्य, अत्यावश्यक औषधि, स्वास्थ्यसामग्री, स्वदेशी कच्चा पदार्थ उद्योग स्थापना र बिस्तारमा सरकारले प्रोत्साहन गर्ने सरकारको नीति छ ।
निर्यातजन्य उद्योगलाई समेत प्रोत्साहन गर्ने सरकारले घोषणा गरेको छ । स्वदेशी वस्तु उपयोगको लागि अभियान आगामी वर्ष चलाइनेछ । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सरकारले स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने भएको हो । आगामी आवमा सरकारले कृषिमा थप आधुनिकीकरणको योजना समेत बनाएको छ । प्रशोधित खाद्य वस्तु निर्यात गर्ने लक्ष्य सरकारले राखेको छ । कृषिमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रोत्साहन गर्ने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनर्संरचना गरी नेपालभर बिस्तार गरिने भएको छ । एक स्थानमा एउटै बालीको खेती गरिने भएको छ । दुवै छिमेकी देशको सहकार्यमा अन्तरदेशिय आर्थिक क्षेत्र बनाइनेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१