दयाराम आचार्य
कावासोती । अबैध रुपमा वनबाट काठ तस्करी गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय नवलपुरको टोलीले एकजनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु साझेदारी वनबाट काठ तस्करी गरिरहेको अवस्थामा कावासोती नगरपालिका वडा नम्बर १६ निवासी कान्ती खड्कालाई पक्राउ गरिएको हो । मध्यविन्दु साझेदारी वनबाट काठ तस्कर गरिरहेका अवस्थामा राति १ः ३० बजेको समयमा दुई वटा सालको काठ गोलीया र दुई थान साईकल सहित उनलाई नियन्त्रणमा लिईएको हो ।
९ .४२ क्युफिट बराबरको काठको गोलीया सहित उनलाई नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी शिव श्रेष्ठले बताउनुभयो । उनी संगै अन्य व्यक्ति समेत तस्करमा संलग्न भएको भएपनि अन्य भने फरार भएको सहायक वन अधिकृत श्रेष्ठले बताउनुभयो । बन्दाबन्दीको समयमा तस्करहरु काठ तस्करमा सक्रिय हुनथालेपछी वन गस्तिलाई बढाईएको उहाँले बताउनुभयो ।
फाईल तस्वीर
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१