
कलाकारहरुलाई लकडाउनका कारण आफ्ना फ्यानसँग जोडिने सजिलो माध्यम बनेको छ, सामाजिक संजाल । सामाजिक संजालमा उनीहरुहरुले शुभचिन्तकको मनको खुलदुली पनि मेटाइरहेका छन् । नायिका वर्षा सिवाकोटी पनि सामाजिक संजालमा निकै सक्रिय छिन् । वर्षाले सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरुको केही प्रश्नमा जवाफ दिएकी छिन् । जसमा उनले आफ्नो विवाह र सम्बन्धको बारेमा कुरा गरेकी छिन् । तपाई सामान्य खालको विवाह चाहनुहुन्छ कि भव्य विवाह ? उनलाई फ्यानले प्रश्न गरे । उक्त प्रश्नमा वर्षाले आफूलाई भव्य विवाह गर्ने मन भएको उत्तर फर्काएकी छिन् । यस्तै, वर्षालाई फ्यानले विच डेट वा मुभी डेट मध्ये कुन रोज्नुहुन्छ ? भन्ने प्रश्न राखे । जहाँ वर्षाले आफूलाई मुभी डेट भन्दा पनि ‘समुद्री तट’मा डेट मनपर्ने बताएकी छिन् । वर्षा समुन्द्री तटमा आफ्नो प्रेमीसँग रमाउन चाहान्छिन् । वर्षाले कानुनी रुपमा मात्र विवाह नगरेर परम्परागत रुपमै विवाह गर्ने समेत बताएकी छिन् । यो समयमा तपाई कसलाई मिस गर्दै हुनुहुन्छ भन्ने पश्नमा भने उनले उत्तर दिन चाहिनन् ।
उनले यो कुरा गोप्य राख्न चाहन्छु भन्दै फ्यानलाई टारिन् । वर्षाले पूर्व प्रेमीसँग नभएर नचिनेकै मानिससँग विवाह गर्न चाहेको पनि बताएकी छिन् । वर्षाले आफूले आफूमाथि निकै नै गर्व गर्ने पनि खुलाएकी छिन् ।
(साभार अनलाईनखबर डटकम)