कावासोती । पूर्बि नवलपरासी (नवलपुर)को विनयी त्रिवेणीमा जंगलबाट ल्याएको च्याउ खाँदा ४ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउँपालिकाका वडा नम्बर ४ बस्ने पुरुषोत्तम भण्डारी , सुनिता भण्डारी , पुनम भण्डारी र पविन रिजालले शनिवार राती जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा सिकिस्त विरामी भएका हुन् ।
जंगली च्याउ खाएर बिरामी परेका उनिहरुलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याएको थियो । उनीहहरको त्याहाँ प्रारम्भिक उपचार पछि थप उपचारका लागि रातीनै पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । प्रहरीका अनुसार उनीहरुको अबस्था गम्भिर छ । त्यस बिषयमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१