ज्ञानु पंगेनी
कावासोती । लायन्स क्लब अफ बिनयी त्रिवेणीले दुम्किवासमा डिसईन्फेक्सन स्प्रे कार्यक्रम संचालन गरेको छ । पूर्व पश्चिम राजमार्ग हुदै पश्चिमबाट नवलपुर प्रवेश गर्ने सवारीहरुलाई डिसईन्फेक्टेड बनाउन स्प्रे छर्कदै आएको छ । दुम्किवासको मुख्य चोकमा पश्चिमबाट पूर्व आउने साना ठूला सबै सवारीलाई डिसईन्फेक्सन स्प्रे छर्केर मात्रै पठाउदै आएका छन् । क्लबले केही दिनदेखि उक्त कार्यको सुरुवात गरेको क्लबका अध्यक्ष दिपक प्रसाद पौडेलले जानकारी दिए । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरानाको संक्रमण नियन्त्रणका लागि क्लबबाट पहल गर्नुपर्छ र नवलपुर जिल्लालाई कोरोनाको संक्रमणबाट सुरक्षित बनाउनुपर्छ भन्ने उदेश्यले कार्यक्रमको सुरुवात गरेको अध्यक्ष पौडेलले बताए । क्लबबाट नै केहि आर्थिक संकलन गरेर सुरुवात गरिएको कार्यक्रममा स्थानीयबाट समेत सहयोग भएको छ ।
अध्यक्ष पौडेलका अनुसार स्थानीयले आफुले सकेअनुसारको आर्थिक र कतिपयले औषधी समेत सहयोग गर्दै आएका छन् । उक्त कार्यमा क्लबका युवासंगै स्थानीय युवाहरु , ईलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरीहरु खटिएका छन् । युवाहरु विहान ६ बजेदेखि राति ८ बजेसम्म खटिदै आएका छन् भने रातिको समयमा ईलाका प्रहरी कार्यालयका प्रहरी खटिएका छन् । उक्त कार्यमा लक्ष्छुमण पुरी , सुनिल खदाल र प्रहरी कार्यालयका ईनिस्पेक्टर विकास वम ठकुरी निरन्तर रुपमा खटिएका छन् भने ,अन्य युवाहरुले समेत सहयोग गर्दै आएको अध्यक्ष पौडेलले जानकाी दिए । यस कार्यलाई लकडाउन अवधिरभर निरन्तरता दिने योजनामा आफुहरु रहेको पौडेलले बताए । जिल्लाको पूर्वी सिमा गैंडाकोटमा लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीले डिसईन्फेक्सन स्प्रे कार्यक्रम संचालन गरेको पौडेलले बताए ।
Posted by रेडियो कावासोती on Tuesday, April 28, 2020
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१