
नारायण शर्मा
कावासोती । चितवन राष्ट्रिय निकुञ्जले नारायणी नदीमा घडियाल गोहीका अण्डा संकलन सुरु गरेको छ । नदी किनारमा घडियालले अण्डा पार्छ । नारायणी नदीमा घडियालको अण्डा टिप्दै सहायक वार्डेन खड्का । अण्डालाई सूर्यको किरणबाट जोगाउनका लागि छाता ओढाइन्छ । सूर्यको किरणबाट अण्डा बिग्रने सम्भावना हुन्छ । निकुञ्जका सहायक वार्डेन तथा गोही विशेषज्ञ वेदबहादुर खड्काको टोलीले २ साता अघिदेखि अण्डा टिप्न थालेको हो । अण्डा टिप्ने काम वैशाख र जेठमा हुन्छ । निकुञ्जले ती अन्डा कसारामा रहेको गोही प्रजनन् केन्द्रमा लैजान्छ । बिहीबारसम्म नारायणी र राप्तीमा २ सय ५० वटा अण्डा संकलन गरेर केन्द्रमा ओथारोका लागि राखिएको छ । त्यहाँ ५ सय घडियाल छन् । घडियालले नदी किनारमा अण्डा पारेर बालुवाले छोप्छ र बेलाबेलामा आएर त्यहीँ सुरक्षा दिनका लागि आउँछ । खेर जाने अण्डा मात्रै टिपिने गरेको खड्काले बताए ।
प्रजनन् केन्द्रमा रहेका गोहीले ओथारो बसेर ७५ दिनदेखि अधिकतम् १ सय दिनमा बच्चा कोरल्ने खड्काले बताए । घडियालका बच्चाहरुलाई नारायणी नदीमा लगेर छाडिन्छ । नदी किनारमा यस पटक २५ देखि ४७ वटा सम्म अण्डा फेला परेको छ । नदी किनारमा अन्य जीवजन्तुवाट जोगाउन र बाढीको जोखिममा घडियालका अण्डा पर्ने गरेकाले टिप्ने गरिएको हो । चितवन निकुञ्जतर्फ नारायणी नदीको नवलपरासीमा पर्ने बबुअनदेखि दक्षिणको त्रिवेणी धामसम्म घडियालको संख्या धेरै रहेकको संरक्षण अधिकृत खड्काले जानकारी दिए । यो क्षेत्र तुलनात्मक रुपमा शान्त र स्वच्छ वातावरण छ ।निकुञ्जले घिडयालको अण्डा र गुँड हेर्नका लागि नदी क्षेत्रमा ५ जना हेरालु खटाएको छ । कहाँ(कहाँ घडियालले अण्डा पारेको छ भन्ने सूचना उनीहरुले दिने र त्यहीँ सूचनाको आधारमा अण्डा टिप्न आफ्नो टोली खटिने गरेको खडकाले जानकारी दिए । अण्डा टिप्नका लागि खड्का समेतको टोली करिब ३ महिनासम्म ढुंगा चढेर नारायणीमा खटिने गर्छ । संकटापन्नको सूचीमा रहेको घिडयाल एक सरिसृप जीव हो । सफा पानीमा बस्ने घडियालको मृत्युदर निकै उच्च छ । अध्ययनहरूका अनुसार अण्डाबाट घडियाल दुईदेखि अढाइ महिनामा बाहिर निस्कन्छन् । एउटा पोथीले ६ देखि ५० वटासम्म अण्डा पार्छे । अण्डाबाट बच्चा सबै जीवित निस्कन उक्त स्थानको तापक्रममा भर पर्छ । सरदर ५० अण्डामा २० देखि ३० वटा बच्चा जीवित निस्कन्छन् । आफ्ना बच्चा सबैलाई संरक्षण गर्न पोथी असमर्थ हुन्छे । बच्चा घडियाल प्रदूषणका कारण पनि मर्छन् ।
नेपालमा घडियाल राप्ती, कर्णाली, बबई र नारायणी नदीमा पाइन्छन् । विश्वमा घडियालको संख्या एकदमै थोरै छ । माछालाई आहारा बनाउने गोहीको यो प्रजाति नेपाल र भारतमा मात्र पाइन्छ । घडियाल संरक्षणका लागि नेपाल सरकारले सन् १९७८ मा चितवनमा पहिलोपटक प्रजनन् केन्द्रको स्थापना गरेको थियो । बढ्दो प्रदूषण, आहाराको अभाव, बाढी, बासस्थानको विनाश लगायत कारणले यसको संख्या घट्दै गएको अध्ययनहरुले देखाएको छ । सन् २०१६ को गणना अनुसारमा नेपालमा १ सय ९८ वटा घडियाल थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१