कावासोती । पूर्बि नवलपरासीको बेल्डिहामा रहेको कामना सेवा विकास बैंकले गैंडाकोट नगरपालिका वडा नम्बर १३ मा रहेका विपन्न परिवारलाई खाद्य सामग्री दिएको छ । हाल लक डाउनको कारण दैनिक जिवन कष्ठकर बन्दै गएकाले वडा भित्र रहेका गरिब तथा विपन्न वर्गलाइ लक्षित गर्दै बुधबार वडा कार्यलय मार्फत खाद्य सामग्री दिएको कामना सेवा विकास बैंक बेल्डिहा शाखाको प्रमुख क्षितिज मैनालीले जानकारी दिए । बैंकले चामल २ सय किलो, मसुरोको दाल २० किलो , आलु २० किलो, सोयाबिन २० प्याकेट , तेल २० पोका र साबुन २० पिस दिएको शाखा प्रमुख मैनालीले बताए । कामना सेवा विकास बैँकको अन्य शाखाहरुले पनि देश नै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको समयमा विपन्न परिवारलाई राहतको काममा राज्यलाई सहयोग गदै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१