काठमाडौं । ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले सर्वोच्चको आदेशपछि शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।
उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए । शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१