नारायण शर्मा
कावासोती । पूर्वी नवलपरासीको दुर्गम पहाडी चुलीबोझा गाउँमा गोली लागेर एक जना घाइते भएका छन् । बुलिंटार गाउँपालिका– ४ का ४६ वर्षीय नरबहादुर मगर भरुवा बन्दुकको गोली लागेर घाइते भएका हुन् । आइतबार दिउँसो ढाडमा गोली लागेका उनको चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । ’ढाडमा गोली लागेकाले घटना शंकास्पद छ,’ एसपी दीपक रेग्मीले भने, ’घर नजिकै जंगलमा बाबुछोरा भरुवा बन्दुक लिएर गएको जानकारी पाएका छौं । थप अनुसन्धान हुँदै छ।’ घटनापछि प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१