माधव भुसाल
कावासोती। नवलपुर जिल्लाको कावासोतीमा रहेका बैंकहरुले कोरोना सतर्कता नअपनाइएको पाइएको छ । विभिन्न बैंकहरुको शाखा रहेको कावासोतीमा विश्व स्वास्थ्य संगठनसँगै नेपाल सरकारले कोरोना रोकथामकालागि जारी गरेको कुनै पनि सतर्कता नअपनाइएको पाइएको हो । शुक्रबार कावासोतीमा रहेका बैंकहरुमा स्थानीयहरुको भीडभाड थियो । तापक्रम नाप्ने कुरा त परै जाओस्, सामाजिक दुरी समेत कायम गरिएको थिएन ।
विश्व स्वास्थ्य संगठनले कोरोना रोकथामका लागि सामाजिक दुरीलाई पनि महत्वपुर्ण अस्त्र भनेको छ । तर बैंकका शाखाहरुले हेलचेक्रयाईं गर्दै कोरोना सतर्कतामा ध्यान नदिएको पाइएको छ । बैंकहरुले आफ्ना शाखाहरु रोटेसन गरेर खोल्न दिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्व का प्रमुख तथा एसपी दीपक रेग्मीले बताए । लकडाउनको सुरुवाती दिनहरुमा खोल्न नदिएपनि पछि बैठक बसेर सुरक्षा विधि अपनाएर बैंकहरु खोल्न दिइएको उनको भनाई थियो ।
सामान्य सुरुक्षा विधिपनि नअपनाइएको बारे प्रश्न गरेपछि एसपी रेग्मीले अबका दिनमा मनिटरिङ गर्ने बताएका छन् । ‘बैठक बसेर हामीले बैंकहरु खोल्न दिएका हौं । सुरक्षा सतर्कता अपनाएरै गर्न भनेको होँ । नअपनाएको रहेछ भने हामीले मनिटरिङ गर्ने छौं’ उनले भने ।
समाचार स्रोत :tandavnews.com
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१