कावासोती । लापवार्हीले पूर्बि नवलपरासीको कावासोती तिनमा रहेको नगरपालिकाको क्वारेन्टाइनबाट ३ जना भागेका छन् । कावासोति नगरपालिका एक नम्बर वडाका ३ जना आज विहान क्वारेन्टाइनबाट भागेका हुन् । भारतबाट आएका १ जना र उनी सगै घुलमिलमा रहेका २ जना सहित ३ जनालाई सोमबार साँझ क्वारेन्टाइनमा राखिएको थियो । भागेका ३ जनाले नै लागूपदार्थ ( गाँजा) सेवन गर्ने गरेको कावासोती एक वडा अध्यक्ष नारायण पन्तले बताए । नगरपालिकाको नगर प्रहरिको निगरानिमा क्वारेन्टाइनमा राखिएको थियो । नगर प्रहरीलाई चक्मा दिदै तिनै जना क्वारेन्टाइनबाट आज विहान भागेका हुन् । फरार रहेका व्याक्तिको अहिले नगर प्रहरि , वडा प्रतिनिधि र प्रहरीले खोजि गरेको कावासोति नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समित संयोजक प्रेम शंकर मर्द्नियाले बताए । कावासोति नगरपालिकामा हाल सम्म २० जनालाई क्वारेन्टाइनमा राखिएको र ९ जना लाई डिस्चार्ज गरि घर पठाईएको छ । बाकीं ११ जना नगरपालिकाको क्वारेन्टाइनमा रहेको कावासोति नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाले बताए । ११ जना मध्ये ३ जना आज क्वारेन्टाइनबाट भागेका हुन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१