काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ ) को महामारीबाट विश्वभर शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपाली (एनआरएनए )को मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २, आयरल्याण्डमा १ जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ ।
स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१