काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए । उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् । उनका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१