दयाराम आचार्य
कावासोती । पूर्बि नवलपरासीको कावासोती नगरपालिका १५स्थित स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्र अन्र्तगत पर्ने नारायणी किनारमा प्रवेशमा रोक लगाएको छ । वनले सामुदायिक वनका साथै नारायणी नदी क्षेत्रमा प्रवेशमा रोक लगाएको हो ।
कोरोना भाइरस रोकथामकालागि सरकारले लगाएको लकडाउनको उल्लघंन गरी सामुदायिक वन भित्र निउरो टिप्न,घाँस काट्न, नदिमा माछा मार्ने बहानामा काठ काट्न समूह समूहमा जाने मानिसको सङ्ख्या बढेसँगै यसले कोरोनाको जोखिम बढाउने भन्दै सामुदायिक वन र नारायणी नदी क्षेत्रमा प्रवेशमा रोक लगाइएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नर बहादुर महतोले बताए । सामुदायिक वनका पदाधिकारी, कावासोती नगरपालिकाका सम्बन्धित वडाका वडा अध्यक्षहरु, चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका प्रतिनिधि, बटुक दल गण अमलटारी, स्थानीय अगुवा, सिविएपियु लगाएको सयुक्त भेलाले सामुदायिक वन र नारायणी नदी क्षेत्र प्रवेशमा रोक लगाएको अध्यक्ष महतोले बताए । वन क्षेत्र र नारायणी नदी प्रवेशमा रोक लगाइएको अवस्थामा अटेर गरी प्रवेश गरेको पाइएमा कार्वाही गरिने समेत अध्यक्ष महतोले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१