गैडाकोट । विश्वभर महामारीको रुपमा फौलिएको कोरोना भाईरस ९कोभीड १९० कारण देशभर लकडाउन भएपछि पुर्वि नवलपरासीको गैडाकोट स्थित मौलाकालिकामा मर्निङवाक बन्द भएको छ । भरतपुर र गैँडाकोटका विभिन्न स्थानबाट एकाबाहिनै ४ बजे मानिसहरु मौलाकालिका क्षेत्रमा मर्निङवाकका लागि पुग्ने गर्छन। कोरोना भाईरसका कारण सवैतिर लकडाउन गरि सुरक्षीत रुपमा घरमै रहन सरकारले आग्रह गरेपछि स्थानीय वडा कार्यालयको समन्वयमा मर्निङवाक बन्द गरिएको हो ।
गैडाकोट नगरपालिका वडा नम्बर एकका अध्यक्ष हरीप्रसाद सापकोटाले स्थानीयलाई घरभित्रै बस्न आग्रह गर्दै अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरे । वडा कार्यालयले टोलविकास संस्थाको सहयोगमा विहान र साँझ मुख्य चोकमा जनप्रतिनिधि नै राखेर लकडाउनलाई कडा पारेको छ ।
मौलाकालिका मार्ग प्रवेश गर्ने मुख्य चोकहरु शिल्यान्यासचोक, विकासचोक, मिलनचोक र प्रतिभाचोकमा विहान ४ बजे र साझ ५ बजे जनप्रतिनिधि, टोलविकास संस्थाका सदस्य र स्थानीय अगुवा सामाजिक दुरी कायम गरि लकडाउनलाई पालना गराउन लागि परेको गैँडाकोट एकका वडा सदस्य सुरेन्द्र रेग्मीले जानकारी दिए । मौलाकालिका मन्दिरका सचिव समेत रहेका रेग्मीले विहान र साँझ मर्निङवाक र इभीनिङ वाकका नाममा मानीसहरु हिड्ने र यसले भिडभाड बढेर जोखम निम्तन सक्ने भएकाले साँझ विहान हिड्न रोक लगाइएको बताए ।
यता लकडाउन उल्लङ्घन गरेर मर्निङ वार्क गर्नेहरु पहिलेको तुलनामा घटेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले विहान र साँझमा मानिसहरुको आवत जावतलाई कडाइ गरिएको बताउँदै घरबाहिर निस्कनेको संख्यामा कमि आएको बताए । लकडाउनलाई प्रभावकारी बनाउन गस्ती बढाइएको भन्दै प्रहरीले घरमै सुरक्षित रहने आग्रह गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१