कावासोती । पूर्वी नवलपरासीको विनयी–त्रिवेणीमा बालुवा चोरी गर्न गएको ट्याक्टरबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।
विनयी–त्रिवेणी गाउँपालिकामा पर्ने विनयी खोलामा गएको लु ३ त ९१८३ नं. को ट्याक्टरबाट खसेर सोही गाउँपालिका– ३ का २६ वर्षीया प्रमेन्द्र चौधरीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको उपचारका क्रममा मंगलबार दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक मोहनबहादुर खांणले बताए ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा गाउँमा प्रहरीको गस्ती कम हुने भएपछि त्यस क्षेत्रमा ट्याक्टरहरुबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको स्थानीयले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१