काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा गरिएको नमुना परीक्षणको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ हजार ४ सय २६ जनाको कोभिड–१९ सम्बन्धी नमुना परीक्षण गरिएको हो । मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको नमुना परीक्षणलाई तीव्रता दिएको बताएका छन् । उनले दायरा बढाउँदै प्रतिदिन ७÷८ सयका दरले परीक्षण गरिएको बताए । प्रवक्ता देवकोटाले २४ घण्टाको अवधिमा ८ सय २४ जनाको नमुना परीक्षण गरिएको बताए । उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ घण्टाको अवधिमा ६ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । यहाँ कुल ३ हजार ३ सय २९ को नमुना परीक्षण गरिएको छ । त्यस्तै, उपत्यकाबाहिर ७ सय ४२ वटा नुमना परीक्षण गरिएकोमा २४ घण्टामा २ सय ८८ वटा नमुना परीक्षण भएका छन् । प्रवक्ता देवकोटाले आइतबार यता गरिएका परीक्षणमा कुनै पनि नमुनाको रिपोर्ट पोेजेटिभ नदेखिएको बताए । नेपालमा कोरोना संक्रमण भेटिएर उपचाररत सबैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनको भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१