कावासोती । पूर्बि नवलपरासिको बिनयीत्रिबेणी गाँउपालिकाको कर्मचारीले गाँउपालिकालाई १ लाख ४२ हजार ३ सय ११ रुपौया रकम शुक्रबार सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा राहत वितरणका लागी रकम सहयोग गरेको गाँउपालिकाको लेखा अधिकृत महेश ढकालले जानकारी दिए । गाउँपालिकाले संचालन गरेको प्रकोप व्यवस्थापन कोष खातामा गाउँपालिकामा कार्यरत स्वास्थ्य सेवा बाहेकका कर्मचारीले रकम सहयोग गरेका हुन् । अधिकृत स्तरका कर्मचारीहरुको ५ दिनको तलब र अन्य कर्मचारीहरुको ३ दिनको तलबबाट गाउँपालिकालाई सहयोग गरेको लेखा अधिकृत ढकालले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१