कावासोती । पूर्बि नवलपरासीको बिनयीत्रिबेणी गाँउपालिकाले शनिबारबाट गाँउपालिका भित्रका विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गर्ने भएको छ । गाँउपालिका भित्र रहेको २७ सय १५ विपन्न घर परिवारलाई खाद्यान्न वितरण गर्ने गाँउपालिकाको लेखा अधिकृत महेश ढकालले जानकारी दिए । शनिवारबाट गाँउपालिकाको ६ र ७ नम्बर वडाबाट राहत वितरण सुरु गरिने ढकालले जानकारी दिए ।
लकडाउनका कारण खाद्यान्न संकट भोगिरहेका विपन्न घर परिवारलाई गाँउपालिकाले प्रथम चरणको खाद्यान्न वितरण गर्ने गाँउपालिका अध्यक्ष डम्बर बहादुर जिसिले बताए । गाँउपालिकाको ७ वटै वडा वाट संकलित विपन्न परिवारको नामावलि अनुसार राहत प्रदान गरिने अध्यक्ष जिसिले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१