कावासोती । कावासोती नगरपाकिलामा विपद व्यवस्थापन कोषमा सहयोग सङ्कलन हुने क्रम जारिरहेको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्नेलाई समस्या भएपछि राहत प्रदान गर्नकालागि स्थापना गरिएको कोषमा विभिन्न सङ्घ संस्थाबाट सहयोग सङ्कलन हुने क्रम जारिरहेको छ । यसै बीच कावासोतीको सिद्धार्थ आवासीय माविको तर्फबाट ४१ हजार चार सय रुपैया नगरपालिकालाई प्रदान गरिएको छ । सिद्धार्थ आवासीय माविमा कार्यरत ६९ जना शिक्षक कर्मचारीको तर्फबाट कोषकालागि ४१ हजार चार सय प्रदान गरिएको सिद्धार्थ आवासीय माविका प्रिन्सीपल भोजराज दाहालले बताए । विपन्न,ज्याला मजदुरी गर्ने नागरिकलाई राहत समाग्रि प्रदान गर्न तथा कोरोना बिरुद्ध लडन नगरपालिकाले गरेका कार्यहरुमा सहयोग पुर्याउने उद्येश्यले सो रकम प्रदान गरिएको प्रिन्सिपल भोजराज दाहालले बताए । प्रिन्सिपल दाहालले उक्त रकम बराबरको चेक नगरपालिका उप–प्रमुख प्रेमशंकर मर्द्निया थारुलाई हस्तान्तरण गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१