पर्वत । कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीले नगरपालिकाको प्रकोप ब्यवस्थापन विकास कोषमा १० लाख रुपौया सहयोग गरेका छन् । पर्वतको कुश्मा नगरपालिकाले सीमान्तकृत गरिव, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन गर्ने नागरिकलाई राहत उपलब्ध गराउन सहयोग सोरुप कर्मचारीले प्रकोप ब्यवस्थापन विकास कोषमा १० लाख रुपौया सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिए ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुको चैत्र महिनाको तलव भुक्तानी गर्दा अधिकृतस्तरका कर्मचारीहरुको ८ दिन वरावरको र सहायकस्तर र श्रेणीविहिन कर्मचारीहरुको ५ दिन वरावरको रकम कट्टा गरि कुश्मा नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषको खातामा जम्मा गरिएको प्रमुख प्रशासकिय अधिकृत पंगेनीले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१