काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब जम्मा गर्न निर्देशन दिएको छ । प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तलबबाट कोषमा रकम जम्मा गर्नुपर्नेछ । प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) ले सात दिनको तलब कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने भनिएको छ । त्यस्तै प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) ले पाँच दिनको तलब कट्टा गरी कोषमा दाखिला गर्नुपर्ने भनिएको छ । यता प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले तीन दिनको तलब कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने प्रहरी हेर्डक्वार्टरको निर्देशन छ । नेपाल प्रहरीका सिनियरदेखि जुनियर प्रहरी अधिकृतबाट करिब ४ करोड १८ लाख २३ हजार २२१ रुपैयाँ कोषमा जम्मा हुन आउँछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१