एजेन्सी । कोरोना भाइरस संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १४९ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेहरुको संख्या ५२७४ पुगेको छ भने ४ सय १० जना निको भएर फर्किएका छन् । बुधबार मात्र सबैभन्दा बढी महाराष्ट्रमा ११७ जना नयाँ संक्रमित देखिएका छन् । यो सहित महाराष्ट्रमा संक्रमित हुनेहरुको संख्या ११ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । बुधबार नै आन्ध्र प्रदेशमा ३४, राजस्थानमा २०, मध्यप्रदेशमा २२ जनामा संक्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, मध्यप्रदेश, केरला, आन्ध्र प्रदेश, तेलंगाना, राजस्थान, उत्तरप्रदेश लगायतका राज्यहरुमा संक्रमित र मृत्यु हुनेहरुको संख्या धेरै देखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१