कावासोती । कावासोती ४ को नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहले कावासोती नगरपालिका लाई पचास हजार रकम सहयोग गरेको छ । अहिले लकडाउनको अवस्थाबाट गुुज्रिदा दैनिक ज्यालादारी गरेर दुुई छाक टार्ने विपन्न परिवारलाई खाध्यन्न सहयोग गर्न भन्दै रकम सहयोग गरेको हो । बुधबार सामुदायिक वनका अध्यक्ष नारायण लोहनीले कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुन तथा प्रशासकिय अधिकृतलाई चेक हस्तान्तरण गरे । नगर प्रमुख पुनले– विपद्को अवस्थामा सबै एक जुट हुुन आग्रह गदैं सामुदायिक वनले गरेको सहयोग प्रति खुसी व्यक्त गरिन । राहतमा गरिएको एकद्धवार प्रणाली प्रभावकारी बन्दै गएको बताईन ।
लामो सयमसम्म लकडाउन हुुदा थप समस्या निम्तने देखिएकाले त्यसको व्यवस्थापनको लागि दैविक प्रकोप समितिको खातामा रकम जम्मा गरेको अध्यक्ष लोहनीले बताए । उनले भने, हामीले वडालाई एक लाख रुपैयाँ समेत दिने निर्णय गरेका छौं । अहिले सम्म करिव २ लाख रुपैयाँ रकम कोरोना रोकथामको लागि खर्च गरेका जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१