काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ( कोभिड–१९) का चार सय ७२ जनामा नयाँ संक्रमित फेला परेका छन् । आइतबार पछिल्लो २४ घण्टामा भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसका समग्र संक्रमितको संख्या तीन हजार तीन सय ७४ मा पुगेको जनाएको छ ।
बीबीसी हिन्दीका अनुसार, पछिल्लो २४ घण्टामा भारतमा ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ पुगेको बताएका हुन् । भारतमा अहिलेसम्म दुई सय ६७ जना संक्रमित निको भएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । एक महिनाअघिसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४० भन्दा कम थियो । पछिल्लो चार दिनमा मात्र भारतमा भाइरसका संक्रमितको संख्या दोब्बरभन्दा बढी पुगिसकेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१