
कावासोती । निमार्ण ब्यवसायी संघ नवलपुरले जिल्ला प्रशासन कार्यालय ,चिकीत्सक तथा स्वास्थ्यकर्मीका लागि १५ सेट पिपिइ र ग्लोप्स प्रदान गरेको छ । जिल्ला अध्यक्ष गौमाया खण्डलुकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बुधबार पुगेको निमार्ण व्यवसायीको टोलीले सहयोग सामग्री हस्तान्तरण गरेको हो । सहयोग सामग्री बुक्ष्दै प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जिल्लामा पिपिइको अभाव भएको समयमा निमार्ण व्यवसायीले अत्यावश्क सामग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । साथै व्यक्तिगतरुपमा सहयोग प्रदान गर्नुभन्दा जिल्ला प्रशासन वा सम्बन्धित स्थानीय तह मार्फत सहयोग गर्न सबैमा घिमिरेले आग्रह गरेका छन् । सहयोग सामग्री हस्तान्तरण गर्न पुगेका निमार्ण ब्यवसायी संघ नवलपुरका उपाध्यक्ष हेमुशंकर देवकोटाले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई ब्यत्तिगतरुपमा केहि सेट ग्लोप्स समेत सहयोग गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१