कावासोती । पुर्वी नवलपरासीको बिनयीत्रिबेणी गाँउपालिका १ वन कार्यालय नजिकै पुर्व पश्चिम राजमार्गमा काठमाण्डौ बाट गुल्मी आउदैँ गरेको बा ६६ प ४६८३ नम्बरको स्कुटी आफैँ अनियन्त्रित भई पल्टन जादाँ स्कुटी चालक जिल्ला अर्घाखाँची ठाडा गाँउपालीका वडा ३ बस्ने बर्ष ३६ को पदम बहादुर केसीको उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भिर घाईते भएका के।सीको उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याईएकोमा चिकित्सक द्धारा मृत घोषणा गरेको थियो । स्कुटी पछाडी सवार जि।गुल्मी रेसुङ्गा ७ बस्ने बर्ष ३८ को नेत्र बहादुर थापा क्षेत्रीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१