
कावासोती । पूर्बि नवलपरासीको कावासोती नगरपालिकाले लकडाउनको समय अवधिभर नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । यो सेवा तोकिएका ७ वटा एम्बुलेन्समा मात्र लागुहुने छ । सोमबार बसेको कावासोती नगरपालिका विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको कावासोती नगरपालिका विपत व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्द्निया थारुले बताए ।
कोरोना भाइरसको सक्रमण नेपालमा पनि देखिए पछि नेपाल सरकारले गरेको लकडाउन अवधिभर यो सेवा नगरवासिले पाउने भएका छन् । कावासोती नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने नागरिक विरामी भै एम्बुलेन्स प्रयोग गर्न परेमा भरतपुर र जिल्ला अस्पताल मध्यविन्दु सम्म विरामी लैजादा लाग्ने एम्बुलेन्स भाडा खर्च मध्य ७० प्रतिशत कावासोती नगरपालिका र ३० प्रतिशत भाडा रकम सम्बन्धित एम्बुलेन्स सँचालकले लकडाउन समय अवधिभर बेर्होने निर्णय भएको छ ।
कोरोनाको त्रास भएको समयमा स्थानिय विपन्न समुदायका मानिसहरुलाई अस्पताल जान लकडाउनले समस्या सृजना भएको भन्दै कावासोती नगरपालिकाले एम्बुलेन्स भाडा निशुल्क सहित बिभिन्न राहत बितरण गर्ने समेत जनाएको छ । यसक्रममा तोकिएका ७ वटा एम्बुलेन्सलाई सुरक्षाका लागि स्प्रे, स्यानीटाइजर, चालकलाई मास्क नगरपालिकाले उपलब्ध गराउने भएको छ । प्रोत्साहनका लागि तोकिएको ७ वटा एम्बुलेन्सका चालकलाई एम्बुलेन्स चलेको दिन प्रति दिन ३०० को दरले भत्ता दिने व्यवस्था गरेको कावासोती नगरपालिकाको सुचना अधिकारी पवन रुपाखेतिले जानकारी दिए ।
एम्बुलेन्स संचालक संस्थाले विरामीको मेडीकल रिपोर्ट, नागरिकताको प्रमाण पत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस लगायत एम्बुलेन्सको विल जस्ता कागजातहरु संलग्न गरि नगरपालिका बाट रकम भुक्तानी पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ । कावासोती नगरपालिका क्षेत्र भित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती, पिठौली स्वास्थ्य चौकी, नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल, मध्यविन्दु अस्पताल, मातृभुमी क्लब कावासोती ६ र भु पु सैनिकको एम्बुलेन्सले बिरामी बोक्दा यो सुबिधा नगरवासिले पाउने छन् । त्यस्तै अति विपन्न गरिब तथा दैनिक ज्याला मजदुरी गरेर दिन गुजारा गर्ने व्यक्तीका लागि विभिन्न मापदण्ड बनाइ राहत वितरण गर्न नगरपालिकाले तयारी गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१