
कावासोती । पूर्बि नवलपरासी (नवलपुर) जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा दिएको पास आजकै मितिदेखि अत्यावश्यक सेवा बाहेकलाई सवारी पास बन्द गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले आज सम्म ४ सय ७८ सवारी साधनलाई पास दिईएको र अव पास उपलब्ध नहुने जनाएको छ । बिशेष अवस्थामा ब्यक्तिगत सवारी साधनमा बिरामीलाई अस्पताल पुर्याउन, अस्पतालमा रहेका बिरामीका आफन्त भेट्न वा कुरुवा जानका लागी, जिल्लावाहिर वा जिल्लाभित्रै पनि अलिक टाढा पठाउनुपर्ने दैनिक ज्यालादारीका मजदुरलाई पठाउनका लागी केही घण्टादेखी १ दिन मात्रको पनि पास प्रशासनले उपलब्ध गराएको थियो । साथै हाल सम्म वितरण भएको पासहरु समेत भोली १८ गते देखि अमान्य हुने प्रशासनले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१