कावासोती । कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले उपभोक्तालाई ५० प्रतिशत शुल्क छुट दिने भएको छ । सस्थाका अध्यक्ष श्रीधर शर्माका अनुसार सस्थाले चैत्र महिनाको महसुसमा ५० प्रतिशत छुट दिने बताएका छन् । सस्थाले आफ्नो उपभोक्तालाई चैत्र महिनाको खपत महसुलमा १५ प्रतिशत करेसावारि प्रबर्द्धन र अतिरिक्त कोरोना भाइरस नियन्त्रणमा साबुनपानीले हात पटक – पटक धुनु पर्ने अवस्थालाई मध्य नजर गर्दै ३५ प्रतिशत गरि महसुलमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरेको जनाएका छन् । साथै उनले मध्यबिन्दु नगरपालिका १ र ३ को पाइप लाइन बिस्तार योजना समेत बिस्वब्यापि कोरोना भाइरस को कारण स्थगित भएको जानकारी गराएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१