
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मात्र लकडाउनका कारण दैनिक एक लाख रुपैयाँ बराबरको तरकारी खेर गएको छ । कतिपय विपन्न परिवार लकडाउनका कारण भोकभोकै बस्नु पर्ने अवस्था आउन थालेको छ भने कतै किसानहरु आफूले उत्पादन गरेको कृषिजन्य वस्तु विक्री नभएर मारमा परेका छन् ।
कावासोती तरकारी तथा फलफूल उत्पादक तरकारी सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालका अनुसार पूर्वी नवलपरासीको कावासोती र हुप्सेकोटमा मात्रै गरेर ४० विगाहामा लगाइएको व्यवसायिक तरकारी खेतीबाट उत्पादन भएको दैनिक १ लाख बराबरको तरकारी दैनिक रुपमा खेर गएको छ ।
व्यापारीहरुले कोरोनाको त्रासका कारण तरकारी पसल समेत खोल्न नमान्ने र खोलेको तरकारी पसलमा समेत खासै ग्राहक नआएको कारण तरकारी खेर गएको बस्यालले बताए ।
कावासोतीको गैरी, कोइलापानी, हसौरा, हुप्सेकोट गाउपालिकाको वडा नं. १, ३ र ४ मा गरी ४० विगाहामा किसानहरुले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।
अहिले बारीमा काँक्रो, करेल, घिरिम्ला, फर्सी, लौका, बोडी, बन्दा, काउली रहे पनि विक्री नभएर खेर गएको उनले बताए ।
बस्यालका अनुसार कावासोतीमा अहिले दैनिक १०/१२ क्युन्टल घिउ सिमी, टमाटर दैनिक ३० क्युन्टल, काँक्रो, लौका, करेल दैनिक ६ दन उत्पादन भईरहेको छ ।
लकडाउन भएपछि केही तरकारी पोखरा, काठमाडौं र बुटवलमा पठाइए पनि विक्री नभएको बस्यालले बताए ।
केराको पनि अवस्था उस्तै
कावासोतीमा अहिले करिब ८ विगाहाको केरा तयारी अवस्थामा रहेको छ ।
बस्यालका अनुसार कावासोतीमा २० विगाहा भन्दा बढी क्षेत्रमा केरा खेती भएकोमा अहिले ८ विगाहाको केरा विक्री हुन बाँकी नै छ । ति केरा बोटमै पाकेर खेर जाने अवस्थामा पुगेको र बजारमा विक्री नभएका कारण खेर जाने अवस्थामा पुगेको बस्यालले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१