
कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाल विश्वभर देखिएको कोरोना भाइरस ( कोभिड– १९) को संक्रमण बाट जोगिन नेपाल सरकारको आग्रह र उपभोक्ताको स्वास्थ्य लाई मध्यनजर गर्दै उपभोक्तालाई २० प्रतिशत शुल्क छुट दिने निर्णय गरेको छ ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत्र मसान्तसम्म बझाउनु पर्ने खानेपानी महसुलमा कुनैपनि अतिरिक्त शुल्क नलिने र यो समयमा भाइरस ( कोभिड– १९) संग बच्ने उपाय भनेको पटक पटक साबुनपानीले हात धोइरहनुपर्ने भएकाले चैत्र महिनाको बिलमा संपूर्ण उपभोक्ताहरुलाई २० प्रतिशत छुट दिने निर्णय गरेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भिम कडेंलले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१