
परासी । कोरोना संक्रमणबाट सुरक्षित रहने उपायका सन्देशमुलक सामाग्री प्रकाशन र प्रसारणमा जोड दिन नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले जिल्लाका पत्रकार र सञ्चारगृहलाई आग्रह गरेको छ । पत्रकार महासंघको ६५ औं स्थापना दिवसका अवसरका महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले आज प्रेस विज्ञप्ती प्रकाशित गर्दै विश्व नै कोरोना संक्रमणको महामारीबाट गुज्रिरहेका बेला सर्वसाधारणलाई सजग गराउँदै यसको नियन्त्रणमा सघाउ पु¥याउने सन्देशमुलक सूचना प्रवाहमा जोड दिन जिल्लाका पत्रकार र सञ्चारगृहलाई आग्रह गर्नुभएको हो । स्थापना दिवसका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा शुभकामना व्यक्त गर्दै विज्ञप्तीमा सञ्चार क्षेत्र सधै विभिन्न अवसर र चुनौतीबाट गुज्रिरहेको बेला अहिले सञ्चारजगतलाई विपद्लाई सामना गर्ने चुनौती आइपरेको उल्लेख गरिएको छ । विपद्को बेला पत्रकार र सञ्चारकर्मीहरुले अझ बढी संवेदनशिल भएर कलम चलाउनु पर्नेमा विज्ञप्तीमा जोड दिइएको छ । ‘कोरोना संक्रमणले देशनै लकडाउन गरेको अवस्थामा छ । सधै सामाचारका लागि बाहिर निस्कने पत्रकारहरु अहिले अत्यावश्यक सामाचार सामाग्री संकलनको कामबाहेक घरमै बसेका छन् । सर्वसाधारणहरु पनि घरमै बस्नुको विकल्प छैन । यस्तो अवस्थामा सर्वसाधारणहरु समेत पत्रकारको भूमिका छन् । त्यसका लागि सही सूचना उपलब्ध गराइ सहयोग गर्न सर्वसाधारलाई अनुरोध गर्दछौं । ’ विज्ञप्तीमा भनिएको छ । अत्यावश्यक सूचना संकलनका लागि जिल्ला प्रशासन कार्यालयसहित सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई गरेको सहयोगप्रति धन्यावाद ज्ञापन गर्दै विज्ञप्तीमा कोरोना संक्रमणबाट सुरक्षित रहन सरकारले चालेका कदमलाई सहयोग गर्दै विपद्को सामना गर्न सबैमा अनुरोध गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१