
कावासोती । पूर्बि नवलपरासीको जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण हुन नदिन जिल्लामा थालेको तयारी र तथ्याङ्क संकलन सहित अद्यावधिक कार्यलाई जोड दिएको छ । प्रशासनले पठाएको तथ्याङ्क अनुसार जिल्लाभर हालसम्म ६१४ वटा क्वारेनटाइन वेड तयार भएको छ । त्यस्तै २२ वटा आइसोलेशन वेड रहेको र हालसम्म १०९ जनालाई क्वारेनटाइनमा राखिएको छ । ८ स्थानीय तह र जिल्ला अस्पतालले दिएको तथ्याङ्क प्रस्तुत गर्दै जिल्ला प्रशासन कार्यालयका अनुसार सवैभन्दा धेरै देवचुलीमा ४००, मध्यविन्दुमा ११९, गैडाकोटमा २८, विनयी त्रिवेणीमा १२ र हुप्सेकोटमा ५ वटा क्वारेनटाइन वेड तयार भएको छ भने आइसोलेशस वेड अन्तर्गत मध्यविन्दुमा ५, बुलिङटारमा ४, बौदिकालीमा ४, गौडकोटमा, ३ देवचुलीमा ३ र जिल्ला अस्पतालमा ३ वटा गरी २२ वटा वेड तयारी अस्थामा रहेको छ । हिजोसम्म १०८ जनालाई ज्वारो देखिएको विरामीलाई जाँच गरेपनि १ जनालाई मात्रै कोरोना आशंकमा रेफर गरिएको छ । हालसम्म देवचुली नगरपालिकामा मात्रै व्यक्तिहरुलाई क्वारेनटाइनमा राखिएको छ । हिजो मात्रै ३१४ जना ओपिडीमा आएका विरामी मध्ये १०८ जनालाई ज्वारो देखिएको थियो । जिल्लामा २५ वटा पिपिइ रहेको र जसमा गैडाकोटमा १२, देवचुलीमा ६ र जिल्ला अस्पतालमा ७ वटा रहेका छन् । यसैविच विदेशबाट आउने नागरिकमा देवचुलीमा १०१ जना वुलिङटारमा १०३ जना , बौदीकालीमा १० जना, हुप्सेकोट ७२ जना र विनयी त्रिवेणीान १८ जना रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१