
कावासोती । नवलपुरको बिभिन्न क्षेत्रमा स्थानियले बन्द गरेको बाटोहरु प्रशासनले खुलाउने भएको छ । सरकारले कोरोनाबाट बच्नका लागि लकडाउन गरेपछि स्थानियले अत्यावश्यक काममा समेत हिड्न नमिल्ने गरि बाटोहरु अवरुद्ध गरेपछि प्रशासनले अवरुद्ध बाटोहरु खुलाउने तयारी गरेको नवलपरासी पूर्ब नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
लकडाउन सफल पार्ने बाहानामा कतै गाउँमा अपरिचितलाई प्रवेश निषेध गरेका छन् त कतै एम्बुलेन्स समेत आउन नमिल्ने गरी बाटो बन्द गरिदिएका छन् । नवलपुरका अधिकांश स्थानमा अलिहे स्थानीय आफैले बाटो बन्द गरेका छन् । यसरी बाटो अवरुद्ध गर्दा एम्बुलेन्स विरामी लिन जान समस्या भएको गुनासो आएपछि प्रशासनले अबको केही घण्टामा अवरुद्ध बाटोहरु खुलाउने तयारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बाटो अवरुद्ध गरेर कानुन आफ्नो हातमा लिने काम गलत भएको भन्दै त्यसो भएको पाइए आफूले हदैसम्मको कारवाही गर्ने बताए । कतै केही अप्ठेरो परे प्रहरी प्रशासनलाई खबर गर्ने हो । उच्छ्रिंखल गतिविधि हुने गरी कानुन आफ्नो हातमा लिने होइन । उनले भने – कहि कतै त्यस्तो गरेको खबर पाए हामी बाटोको अवरोध तुरुन्त हटाउने छौं । नवलपुरमा कति पय गाउँमा अहिले युवाहरु जम्मा हुने र बन्द हड्ताल गरे जस्तो गरी बाटोमा अवरोध राखेर अत्यावश्यक काममा समेत हिडडुल गर्न नमिल्ने गरी बल प्रयोग गरेर अवरोध सिर्जना गरेका छन् । कतिपय ठाउँमा सोही विषयले झडप समेत हुन थालेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१