कावासोती ।नवदुर्गा सामुदायिक वन उपभोक्ता समूह कावासोती ४ ले उपभोक्ताहरुलाई २१५० मास्क वितरण गरेको छ । बिशेष गरी कोरोनाबाट बच्नको लागि आम उपभोक्ताहरुलाई सचेत बनाउँदै मास्क वितरण गरिएको हो । संकटको समयमा माक्स पाएको भन्दै वन समूहका उपभोक्ता खुसी बनेका छन् । सामुदायिक वनका अध्यक्ष नारायण लोहनीले वन समूहले वडामा मास्क सँगै विपन्न परिवारको लागि आवश्यक सावुन पनि उपलब्ध गराई हात धुन समेत सिकाएको बताए । वन समूहले केही दिनदेखी गाउँमा माईकिङ्ग गदैं कोरोनाका लक्षण तथा बच्ने उपायबारे उपभोक्ताहरुलाई सचेत गराएको छ । जसको कारण स्थानीयले ठाउँठाउँमा हातधुने सावुन पानीको व्यवस्थापन गरेको छ ।वन समूहका पदाधिकारीहरु आफूहरु समेत सचेत बनेर सचेतनामा लागेको लोहनीको भनाई छ । वडाले समेत विभिन्न नाकामा बाहिर बाट आउने मानिसहरु बिशेष निगरानी राखेको छ । कावासोती ४ मा कोरोनाको शंका लागेका विरामीलाई राख्न कुमारी निजि शैक्षिक गुठीमा क्वारेन्टाईन निर्माण गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१