
कावासोती । पूर्वी नवलपरासीमा कोरोनाका आशंका लागेका विरामीहरुलाई उपचार गर्नका लागि १९ शैंयाको आइसोलेसन कक्षा तयार भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार ६ स्थानमा १९ शैंयाको आइसोलेशन कक्ष स्थापना गरिएको हो । जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा ३ शैयाको, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ३ शैया, चोरमाराको स्वास्थ्य चौकीमा २ शैयाको आइसोलेशन बेड बनेको छ ।
त्यसैगरी पितौजको हेल्प पोष्टमा ३ शैयाको आइसोलेशन कक्ष स्थापना भएको छ । त्यसैगरी पहाडी क्षेत्र डेढगाउँ र बुलिङ्गटारका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि ४÷४ बेडको दुई वटा आइसोलेशन कक्ष स्थापना भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१