
कावासोती । लकडाउनको तेस्रो दिन आज पनि नवलपुरका बिभिन्न बजार सुनसान रहेको छ । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । लकडाउनका कारण नवलपुरको सडक र बजार क्षेत्र बिहीबार पनि सुनसान देखिएका छन् ।
लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क लगाएका छन् । नवलपुर क्षेत्रको बिभिन्न स्थानमा सुरक्षाकर्मीहरुले माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गर्दै आएका छन् । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । शहरी क्षेत्रमा मात्र नभई गाउँका बासिन्दाले पनि लकडाउनमा साथ दिएका छन् । गाउँका मानिसहरु आफ्नो घर सीमित छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१