
गंगा बिश्वोकर्मा
चोरमारा । गत चैत्र ६ गते बिहिबार चोरमारामा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका हुप्सेकोटका २ जना मध्ये एक जनाको आज उपचारको क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तम्सरीयाका प्रहरी प्रमुख सई प्रेम बिष्टका अनुसार आज बिहान साढे ११ बजे उपचारको क्रममा चितवन मेडीकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृत्यु हुनेमा हुप्सेकोट ६ जापडाडाका २२ बर्षिय तिल बहादुर सोमै रहेका छन् । सोही ठाउका २६ बर्षिय होम बहादुर सोमैको भने स्वाथ्यमा सुधार आएको प्रहरीले जनाएको छ । उनको अहिले चितवन मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ । गत बिहिबार पुर्वपश्चिम राजमार्गअन्र्तगत मध्यविन्दु ७ चोरमारा बिहान साढे ८ बजे सवारी दुर्घट्ना भएको थियो । पुर्वबाट पश्चिम तर्फ गइरहेको ना ४ ख २३५० नम्बरको ट्रकले रोड क्रस गर्ने गरिरहेको लु १९ प ५७१० नम्बर मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१