कावासोती । सरकारले एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गरेपछि नवलपुरको सडक आज दोस्रो दिन पनि सुनसान बनेको छ । सरकारले लकडाउनलाई कडाइका साथ लागू गर्न सुरक्षाकर्मी परिचालन गरेको छ । पूर्बि नवलपरासीको सबैजसो बजारका चोकमा आज दोस्रो दिन पनि बिहानैदेखि प्रहरीको तैनाथी बाक्लो गरिएको जनाएको छ । सडकमा मानिसहरु कम भन्दा कम गराउने उद्देश्यले प्रहरी कार्यालयले ठाउँ ठाउँमा प्रहरीको तैनाथीलाई बाक्लो बनाएको हो ।
लकडाउन सुरु भएदेखि नै नवलपुरको सडक करिब सुनसान जस्तै छ । सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेकाले बाहिर निस्कँदा ख्याल गर्नुपर्ने भएको छ ।
सजायमा परिएला ?
सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ। सोमबार भएका निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ। त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, ८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१