कावासोती । पूर्बि नवलपरासीको गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आफुले प्रयोग गर्दै आएको गाडी प्रहरीको जिम्म लगाएका छन । कोभिड –१९ को उच्च सतर्कताका निम्ति सरकारले लकडाउन गरेर जनतालाइ घरबाहिर ननिस्कन अनुरोध गरेको परिप्रेक्ष्यमा प्रहरीलाइ काम गर्न सहज होस भनेर गाडी जिम्म लगाएको मेयर पौडेलले बताएका छन ।
मेयर पौडेलले उक्त गाडी अनुगमन र नियमनका लागी प्रहरीलाई सहयोगी बन्ने अपेक्षा समेत गरेका छन । उनले बा २ झ ३४०४ नम्बरको स्कोरपियो गाडी प्रहरीको काममा प्रयोग हुने गरी केही दिनका लागि दिएका हुन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१