काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । नेपाल सरकारद्वारा स्थापित कोषमा उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उपराष्ट्रपति पुनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड – १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी कोषमा दुई महिना बराबरको पारिश्रमिक दिने निर्णय गरेकी थिइन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो । सो कोषमा सरकारका मन्त्रीहरुले एक/एक महिनाको तलब जम्मा गरेर सुरुआत गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१