दयाराम आचार्य
नवलपुर ।
नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका अन्तर्गत पर्ने दाउन्नेमा हेल्थ डेस्क स्थापना भएको छ । योसँगै जिल्लामा तीनवटा हेल्थडेस्क सञ्चालनमा आएको छ ।
यसअघि नवलपुरको बिनयी त्रिबेणी स्थित नेपाल भारत सीमा नाकामा र गैडाकोट नगरपालिका कार्यालयको गेट अगाडी हेल्थ डेस्क सञ्चालनमा ल्याईएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा कोरोना भाईरस संक्रमणको पहिचान तथा पुर्ब सतर्कतालागी हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका रामसिंहाशन कुशवाहले बताउनुभयो ।
दाउन्नेमा स्थापित सहायता कक्ष लागी होङ्सी सिमेन्ट सर्दीले आवश्यक सामाग्रि सहयोग गरेको हो ।
सहायता कक्षमा ज्वरो नाप्ने यन्त्र, सेनिटाईजर, मास्क ३ सय पीस सहयोगी होङ्सीले उपलब्ध गराएको कुशवाहाले बताउनुभयो ।
हेल्थ डेस्क स्थापनाका क्रममा बिनयी त्रिबेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसी, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि तथा होङ्सी सिमेन्ट प्रालिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१