
चोरमारा । नबलपुरको गैडाकोटमा सवारी दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन् । गैडाकोट नगरपालीका १० संगमचोकमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बा १८ च २६४३ दुधको क्यान बोकेको भ्यान आफै अनियन्त्रित भइ सडकबाट पल्टीदा भ्यना चालक गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा गैडाकोट नगरपालीका ८ बस्ने वर्ष अन्दाजी ३०।३५ को प्रेम बाहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय नबलपुरले जनाएको छ । गम्भिर घाईते मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।