चोरमारा । नबलपुरको मध्यबिन्दु ७ चोरमारा सवारी दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् । पुर्वपश्चिम राजमार्गअन्र्तगत आज विहान साढे ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख २३५० नम्बरको ट्रकले बाटो क्रस गरिरहेको लु १९ प ५७१० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जना घाइते भएका हुन् । घाइते हुनेमा हुप्सेकोट गाउपालिका वडानम्र ६ जापडाँडा बस्ने अन्दाजी २२ वर्षका तिल बहादुर सोमै र सोही ठाउका वर्ष अन्दाजी २५।२६ का होम बहादुर सोमै गम्भिर घाईते भएको तम्सरीया प्रहरी चौकिका प्रहरी नायब निरिक्षक प्रेम बहादुर विष्टले जानकारी दिनुभयो । घाईते दुवैको भरतपुर पुरानो मेडिकल अस्पतालमा उपचार भईरहेको छ । ट्रक र ट्रक चालक तम्सरीया प्रहरी चौकिको नियन्त्रण रहेको प्रहरी नायब निरिक्षक बिष्टले जानकारी दिनुभएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१