हुप्सेकोट, फागुन ३० ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर २मा विपद् व्यवस्थापनका लागि कार्यदल गठन गरिएको छ । वडामा आउन सक्ने विपद्हरुको समयमै उचित व्यस्थापन गरी यसबाट हुने क्षती न्यूनिकरणकालागि कार्यदल गठन गरिएको हो ।
हुप्सेकोट गाउँपालिका २का अध्यक्ष पदम बहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा विपद् व्यवस्थापन समिति हुप्सेकोट वडा नम्बर २को आयोजना र यू.एम.एन. साथै इसाई समाज नवलपरासीको सहयोगमा हुप्सेकोट गाउँपालिका वडा नं –२ को कार्यालय अवस्थित समितिको बैठक द्धारा समितिले विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्यको लागि उपसमितिहरू गठन गर्ने कार्य समेत गरेको छ ।
उपसमितिहरुमा आपतकालीन कोष निर्माण र परिचालन समिति, प्राथमिक उपचार समिति, सचेतना समिति खोज तथा उद्धार समिति गठन गरिएको छ ।
विपद् व्यवस्थापन सम्बन्धी आपतकालीन कोष निर्माण र परिचालन निर्देशिका बनाउने कार्य समेत गरिएको छ । विपद् तथा जलवायु उत्थानशील योजनालाई समितिले अनुमोदन गर्ने कार्य समेत भएको छ । कार्यक्रममा २१ जना वडा विपद् व्यवस्थापन समितिहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष पदम ब.पौडेल क्षेत्रीको अध्यक्षतामा गठित उपसमितिहरुलाई विपद् व्यवस्थापन सम्बन्धी सचेतनामुलक तालिम साथै प्रतिकार्यका लागि अभ्यास द्धारा क्षमता बृद्धि गर्दै विपद् पूर्व तयारी र प्रतिकार्यमामा लाग्न वडा अध्यक्ष पौडेलले आग्रह गर्नुभएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१