जनकपुरधाम । होलि पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु भएको छ । घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् । बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि मृत्यु भएको हो । सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१