नवलपरासी । पूर्वी नवलपरासीको भारतीय सीमा नाका त्रिवेणी हुँदै नेपाल भित्रिने यात्रुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । हेल्थ डेस्कमा यात्रुले अनिवार्य निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको डम्बर जिसीले बताए। यात्रुलाई निःशुल्क मास्क, हात धुने व्यवस्था, सेनिटाइजर र नन कन्टयाक्ट टयाम्पोरल ( मान्छे नछोइकन तापक्रम नाप्ने यन्त्र) राखेर बिरामीको परीक्षण सुरु भएको हो। त्यहा गाउँपालिकाले आफनै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परीक्षण सुरु गरिएको हो। बिहान ६ बजे भन्सार बोर्डर खुल्नासाथ परीक्षण गरेर साँझ ८ बजेसम्म आउजाउ गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१