कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु ३ कोल्हुवामा मादकपदार्थ सेवन गरि प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले गोली चलाउँदा एक जना सर्वसाधरण घाईते भएका छन् । कोल्हुवा प्रहरी चौकीका सई गंगाराम कोईरीको नेतृत्वमा गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रहरी उपरिक्षक दीपक रेग्मीले बताए ।गोली लागेर मध्यविन्दु २ नन्दपुर निवासी ३४ बर्षीय प्रेम महतो गम्भीर घाईते भएका छन् । उनको कोखा र गोडा मुनि गरी दुई राउण्ड गोली लागेको छ । सई गंगाराम कोईरीले गोली चलाएको प्रहरी उपरीक्षक रेग्मीले बताए । रेग्मीका अनुसार गस्तीमा रहेको टोलीले एउटा मोटरसाईकलमा ३ जना चढेर आएको देखेपछि रोकेर चेकजाँच गर्न खोज्दा नरोकी भाग्न खोजेको र मोटरसाईकलले सइ कोईरीलाई लडाई दिएको र साथै ढुंगाप्रहार गरेपछि आत्मरक्षाको लागि गोली चलाएको हो ।
उनीहरूको साथबाट एक थान खुकुरी र उनीहरूले प्रयोग गरेको ना ४९ प ६५१३ नम्बरको बाईक पनि बरामद गरेको छ । घाईतेको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको रेग्मीले जानकारी दिए । प्रहरीले मध्यविन्दु ३ निवासी ३० बर्षीय मुन्ना महतो, १९ बर्षीय सुरज महतोलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । घटना राति ११ बजे भएको बताईएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१